पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना संक्रमण, ३ जनाकाे मृत्यु


coronavirus-2019-ncov-virus-background-with-disease-cells-red-blood-cell-covid-19-corona-virus-outbreaking-pandemic-medical-health-risk-concept_139523-184

काठमाडाैं – पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा चार हजार ३८२ जनाको पिसिआर परीक्षण गर्दा २८३ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ३७५ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा २४६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६५ हजार ६९ पुगेको छ। त्यस्तै, कोरानाको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया