संसद विघटनविरुद्ध रिटमा बहस गर्न प्रधानन्यायाधीशले तोके १५ मिनेट समय


काठमाडौं – सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध नेकपाका सांसदहरूले दिएको रिटमा बहस गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समय तोकेका छन् । जबराले कानुनविद्हरूलाई बहसका क्रममा १५ मिनेटभन्दा बढी समय दिन नसकिने भन्दै छोट्याउन आग्रह गरेका छन् ।

सर्वोच्च अदालतमा संसद् विघटन असंवैधानिक भन्दै परेको रिटमा सुनुवाइ गर्ने क्रममा प्रधानन्यायाधीशले यस्तो आग्रह गरेका हुन् । ‘अब अहिले १०–१५ मिनेटभन्दा बढी समय नलिइदिनुहोला । हामी दिन पनि सक्दैनौं । यहाँहरूले हठ नगर्नुहोला,’ उनले भने ।

प्रधानन्यायाधीश जबराले यसपछि पनि संसद विघटनसम्बन्धी ६ वटा रिटमा सुनुवाइ बाँकी रहेको भन्दै धेरै समय नलिन आग्रह गरेका हुन् । ‘तपाईंहरूको सकिएपछि अझै बाँकी ६ वटा निवेदन छ । उहाँहरुलाई पनि समय दिनैपर्‍यो । यसलाई प्रिय नै मानिदिनुहोला’ उनले भने ।

प्रतिक्रिया