
राष्ट्रपति भण्डारी र सिके राउतबीच भेटवार्ता
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटका लागि जनमत पार्टीका अध्यक्ष सिके राउत पुगेका छन् । आज (मंगलबार) राउतले राष्ट्रपति कार्यालय पुगेर राउतले भण्डारीसँग भेट गरेका हुन् ।
राउतले भण्डारीसँग भेट गरेको तस्बिर आफ्नो सचिवालयको फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राउत काठमाडौँ आएर राजनीतिक दलका नेतासँग भेट बाक्लो बनाइरहेका छन् ।
राउतको जनमत पार्टीले थ्रेसहोल्ड कटाउँदै राष्ट्रिय पार्टीसमेत भइसकेको छ । समानुपातिकतर्फबाट कम्तिमा चार वटा सांसद पाउनेछ ।



कागजपत्र |
