विश्वकपबाट बाहिरिए एशियाली मुलुक

अस्ट्रेलिया अर्जेन्टिनासँग, जापान क्रोएशिया र दक्षिणकोरिया ब्राजिलसँग पराजित हुँदै क्वाटरफाइनल पुग्न सकेनन्


काठमाडौं — विश्वकप २०२२ बाट क्वाटरफाइनलमा एशियाली राष्ट्रहरुको प्रतिनिधित्व नहुने भएको छ ।

सोमबार रातीको खेलसँगै एशियाका कुनै पनि मुलुक क्वाटरफाइनलमा नपुग्ने भएका हुन् ।

सोमबार साँझ भएको पहिलो प्रि—क्वाटरफाइनलमा क्रोएशियासँग पराजित हुँदै एशियन पावरहाउस जापान प्रतियोगिताबाट बाहिरिएको छ । जापान क्रोएशियासँग पेनाल्टीमा सुटआउटमा ३–१ ले पराजित भएको थियो ।

त्यस्तै सोमबार राती नै भएको अर्को खेलमा दक्षिण कोरिया ब्राजिलसँग पराजित हुँदै घर फर्केको हो । कोरिया ब्राजिलसँग ४–१ ले पराजित भएको थियो ।

त्यसअघि अन्तिम १६ मा पुगेको अर्को एशियाली मुलुक अस्ट्रेलिया अर्जेन्टिनासँग पराजित हुँदै घर फर्केको थियो ।

जारी विश्वकपको अन्तिम १६ मा तीन एशियाली मुलुकहरु प्रवेश गरेका थिए ।

प्रतिक्रिया