

निर्वाचनको अपेक्षित नतिजा नआएको गठबन्धनको निष्कर्ष, सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय

काठमाडौं – सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।
आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । ‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ’, एक नेताले भने ।
ती नेताका अनुसार मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षिात नतिजा नआएको निष्कर्ष निकालिएको छ ।
मंसिर चनार गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशभा निवार्वाचनको समिक्षा गर्दै अपेक्षित नतिजा नआएको बैठकले निष्कर्ष निकालेको हो । सत्ता गठबन्धनको तर्फबाट पाँच दल नेपाली कांग्रेस, माओवादी कोन्द्र, एकिकृत समाजवादी, लोकतान्ति समाजवादी र नेपाल मजदुर किसान पार्टी मिलेर निर्वाचनमा सहभागी भएको थियो ।
प्रतिनिधि र प्रदेशसभा दुवैमा नेपाली कांग्रेस पहिलो स्थानमा छ । प्रतिनिधि ५७ क्षेत्रमा जित निकालेर कांग्रेस पसहलो स्थानमा छ भने नेकपा एमाले ४४ सिट सहित दोस्रो स्थानमा छ । त्यस्तै नेकपा माओवादीले १८ सिट दितदेर तेस्रो भएको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादी १० र जनता समाजवादी पार्टी ७ सिटमा विजयी भएको छ ।

