रोचक बन्दै दोलखा मतगणना, फेरि लिए माओवादीका कार्कीले झिनो अग्रता


दोलखा — दोलखामा जारी मतगणनामा गठबन्धन उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गंगा कार्कीले अग्रता कायमै राखेका छन् । सोमबार विहानसम्मको मतगण्ना अनुसार कार्कीले ३३ हजार ६ मत पाउँदा उनका प्रतिस्पर्धी  नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३२ हजार ८२३ मत पाएका छन् । माओवादीका कार्की १८३ मतले अगाडि छन् ।

आइतबार राति १८ सय मतान्तरले पछाडि परेका शिवाकोटीले सोमबार विहानसम्म मतान्तर घटाएर १८३ पुर्याएका छन् । शुक्रबारदेखि सुरु भएको मतगणनामा कार्कीले अग्रता लिएका थिए । तर शनिबार रातिदेखि एमाले उम्मेदवार शिवाकोटी अगाडि लागे । आइतबार अपरान्हतिर कार्कीले  शिवाकोटीलाई उछिने । सोमबार विहानसम्म कार्कीको अग्रता कायम छ ।

अब विगु गाउँपालिका १ को लामावगर, २ को ओराङ र ३ बुलुङको मत गन्न बाँकी छ । यस्तै शैलुङ गाउँपालिका १ को दुधपोखरी र २ को भुषाफेदा तथा मेलुङ गाउँपालिका १ को पवटी र ३ माथिल्लो घ्याङको मत गन्न बाँकी छ ।

प्रतिक्रिया