

स्कटल्याण्डसँग नेपाल ३ विकेटले पराजित

काठमाडौं – नेपालले आईसिसी विश्वकप लिग टु अन्तर्गत नेपाल स्टकल्याण्डसँग पराजित भएको छ । नेपालले दिएको १३८ रनको लक्ष्य पछाएको स्कटल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।
स्कटल्याण्डले ३२.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । स्कटल्याण्डका लागि क्रिष्टोफर म्याक ब्रिजले ४३ रन बनाए भने ब्राण्डम म्याकमुलेनले ३२, मिचेल लीस्कले २२, जर्ज मुन्सीले १७ र म्याथ्यु क्रसले १३ रनको योगदान दिएका थिए ।
त्यस्तै नेपाली बलर सागर ढकाल, ललित राजबंशी र गुलसन झाले २-२ विकेट लिएका थिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४०.१ ओभरमा अलआउट हुदै १३७ रन बनाएको थियो ।
यस खेलपछि विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अंक रहेको छ भने छैठौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको ३० खेलमा ४४ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ भने नामिबियाको २८ खेलमा २८ अंकसहित चौथो स्थानमा छ ।

