चितवनमा खाग काटिएको अवस्थामा गैंडा मृत फेला


चितवन  – चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैंडा फेला परेको छ ।

चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैडा मृत फेला परेको हो ।गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ ।

डिभिजन वन कार्यालय चितवनले गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको जनाएको छ । डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो ।

प्रतिक्रिया