


मन्त्रालयहरू सार्ने प्रदेश सरकारको निर्णय तत्काल रोक्न माग

बुटवल – नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट हतारमा मन्त्रालयहरू सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न माग गरेको छ ।
रुमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ति जारी गर्दै काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि मन्त्रालयहरू सार्न हतारो गरेको भन्दै यसलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसद्को अधिकार क्षेत्रमासमेत हस्तक्षेप नगर्न माग गरेका छन् ।

