प्रतिनिधिसभातर्फ अब दुई क्षेत्रको मात्रै नतिजा आउन बाँकी


काठमाडाैं – प्रतिनिधिसभातर्फ अब दुई निर्वाचन क्षेत्रको मात्रै नतिजा आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार दोलखा र बाजुराको नतिजा आउन बाँकी भएको हो ।

दुबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । जारी मतगणनाअनुसार बाजुरामा कांग्रेसका बद्री पाण्डेले फराकिलो अग्रता बनाएका छन् भने एमालेका कर्ण थापा पछि परेका छन् ।

यस्तै दोलखामा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिइरहँदा एमालेका बालकृष्ण शिवाकोटी पछिपछि रहेका छन् । आजै स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना सकिएको थियो ।जसमा सत्ता गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका धनराज गुरुङ विजयी भएका थिए ।

प्रतिक्रिया