स्याङ्जा-२ मा धनराजलाई ६ हजार मतको अग्रता


काठमाडौं – स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ । कांग्रेसका उम्मेदवार धनराज गुरुङ र एमाले उम्मेदवार पद्मा अर्यालबीचको मतान्तर ६ हजार ५४ रहेको छ ।

गुरुङले २९ हजार ३३ मत ल्याउँदा अर्याल २२ हजार ९७९ मतसहित पछ्याइरहेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले सात हजार ६६२ मत पाएका छन् ।

प्रतिक्रिया