स्याङ्जा-२ मा धनराज गुरूङको फराकिलो अग्रता


काठमाडौं – स्याङ्जा-२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अग्रतालाई फराकिलो बनाएका छन्।

जारी मतगणनामा गुरूङले २५ हजार ६ सय ५३ मत ल्याएका छन् भने एमाले सचिव पद्मा अर्यालले २२ हजार २ सय १३ मत ल्याएकी छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ७ हजार ६ सय १० मत ल्याएका छन्।

प्रतिक्रिया