
बद्री पाण्डेले लिए बाजुरामा फराकिलो अग्रता
बाजुरा – बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ ।
२० हजार ६३६ मत गणना हुँदासम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ११ हजार ७६ मत पाएका छन् ।
एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत प्राप्त गरेका छन् । उनीहरुबीच २ हजार २२४ मतको अन्तर देखिएको छ ।
बाजुरामा ६० हजार १५२ मत खसेको थियो ।



कागजपत्र |
