आज पनि धनगढीमा विद्यार्थीको आन्दोलन, ५ विद्यार्थी पक्राउ


कैलाली – धनगढीमा ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको मृत्यु भएपछि सुरु भएको आन्दोलन आज पनि विद्यार्थीले जारी राखेका छन् । आजको आन्दोलनमा प्रदर्शनमा उत्रिएका ५ विद्यार्थी पक्राउ परेको जनाइएको छ ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा हिजो ग्रेडरले चेतना साउदलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको थियो । विद्यार्थीहरुले कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

धनगढी स्थित पञ्चोदय मावि हसनपुरको कक्षा ८ मा अध्ययन गरिरहेकी साउदलाई साइलमा विद्यालय जाँदै गर्दा ग्रेडरले ठक्कर दिएको थियो।

जिल्ला प्रशासन कार्यालयले हिजो साझ देखि अर्को सूचना जारी नहुँदा सम्मको लागि निषेधाज्ञा लगाएको छ ।

विद्यार्थीले निषेधाज्ञामै आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा प्रहरी र विद्यार्थीबीच धकेलाधकेल भएको छ ।

प्रतिक्रिया