

३ स्थानमा मतगणना, कहाँ कस्को अग्रता ? (मतसहित)

काठमाडौं – मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ। शुक्रबार बिहान १० बजेसम्म प्रत्यक्षकोे १६५ क्षेत्रमध्ये १६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ।
जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५५ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४४ स्थानमा जित हासिल गरेको छ।
यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७(७ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।
नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १(१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।
बाँकी रहेका ३ क्षेत्रमा गणना जारी छ। जसमा नेपाली कांग्रेसले २ ठाउँमा अग्रता लिएको छ भने माओवादी केन्द्रले १ ठाउँमा अग्रता लिएको छ। विभिन्न विवादका कारण १० सम्म रोकिएको मतगणना बिहीबारदेखि सुरु भएको हो ।
बाजुरा, स्याङ्जा र दोलखा जिल्लामा मतगणना रोकिएको थियो । बाजुरा र स्याङ्जामा पुरानै मतपेटिकाको मत गणना गर्न निर्वाचन आयोगले निर्देशन दियो भने दोलखाका १० मतदान केन्द्रमा भने पुनः मतदान गर्ने निर्णय गरियो । सोही बमोजिम दोलखामा हिजो (बिहीबार) मतदान गरिएको थियो ।
अहिले मतगणना भईरहेका तीन स्थानमा, कहाँ कसको अग्रता ?
स्याङ्जा २
धनराज गुरूङ (नेपाली कांग्रेस) — १२९५१
पद्मा अर्याल (नेकपा एमाले) — १०६२७
टिकराज गुरुङ (राष्ट्रिय स्वतन्त्र पार्टी) — ५६७६
दोलखा
गंगा कार्की (माओवादी केन्द्र)—३६१८
बालकृष्ण शिवाकोटी (नेकपा एमाले)— १८००
जगदिश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी)— १३५
बाजुरा
बद्रीप्रसाद पाण्डे (नेपाली कांग्रेस)—५४१९
कर्णबहादुर थापा (नेकपा एमाले)— ४१२९
जंगकुमार गिरि (राप्रपा)—२२

