मतान्तर बढाउँदै धनराज, १६९२ मतले पछि परिन् पद्मा


काठमाडौं – स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना जारी छ । मत विवादका कारण रोकिएर पुन सुरु गरिएको मतगनणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रतासँगै मतान्तर बढाएको छ । उनले गणनाको पछिल्लो परिणम अनुसार बिहिबार दिउँसो सम्ममा ६ हजार ६२५ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर १६९२ छ । यसअघि बिहीबार दिउँसो साढे १२ बजे सार्वजनिक मत परिणाममा धनराज १३०० मतान्तरले अघि थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १ हजार ८७५ मत पाएका छन् । ४ मंसिरमा मतदान भएपछि नेकपा एमालेले धाँधली भएको भन्दै पुनः मतदानको माग गरेर निर्वाचन आयोगमा निवेदन दिएको थियो । आयोगले १२ दिनपछि बुधबार पुनः मतदान नगर्ने निर्णय गरेपछि बुधबार राति ९ बजे देखि नै मतगणना सुरु भएको हो ।

प्रतिक्रिया