
धनराजले लिए अग्रता, पछ्याउँदै अर्याल
स्याङ्जा – स्याङ्जा निर्वाचन क्षेत्र नं २ मत गणना भइरहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । उनले नेकपा नेकपा (एमाले)की पद्मा कुमारी अर्याललाई ६ सय ५४ मतले पछि पारेका हुन् ।
कांग्रेसका गुरुङले ३ हजार ९०१ मत पाएका छन् भने एमालेकी अर्यालको ३ हजार २४७ मत रहेको छ । सुरुवाती अवस्थामा एक हजार बढीको अग्रता लिएकी अर्याल अहिले पछि परेकी हुन् ।
स्याङ्जा–२ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ गणना भइसकेको छ भने अहिले भीरकोटकै ९ नम्बर वडाको मत गणना भइरहेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७६१ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा एक लाख १६ हजार सात सय ७८ मतदातामध्ये ७० हजार एक सय ९१ मत खसेको थियो ।



कागजपत्र |
