

अफगानिस्तानको मदरसामा विष्फोट : कम्तीमा १५ जनाको मृत्यु, २७ घाइते

काबुल – अफगानिस्तानको समंगन प्रान्तको ऐबाक सहरमा रहेको ‘जिहादिया’ नामक मदरसामा विष्फोट भएको खबर छ ।
अफगान समाचार च्यानल टोलो न्यूजले अस्पतालका अधिकारीहरूलाई उद्धृत गर्दै विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको र २७ जना घाइते भएको बताएको छ ।
केही स्थानीय सञ्चारमाध्यममा यस विष्फोटबाट भएको क्षतिको बारेमा फरक-फरक तथ्याङ्क दिइएको छ । स्थानीय अधिकारीहरूले सञ्चारमाध्यमलाई दिउँसोको प्रार्थनाको समयमा विस्फोट भएको बताएका छन् ।
हालसम्म कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन । विस्फोटको पुष्टि गर्दै तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्ताले ठूलो सङ्ख्यामा मानिस घाइते भएको बताए।
स्थानीय अस्पतालका एक डाक्टरले एएफपी समाचार एजेन्सीलाई मृत्यु हुनेमा अधिकांश मदरसाका विद्यार्थी रहेको बताएका छन् । बीबीसी

