क्याम्पस हाताभित्रै चक्कु प्रहारबाट प्राध्यापक गम्भीर घाइते


टोकियो – टोकियो विश्वविद्यालमा प्राध्यापकलाई चक्कु प्रहार भएको छ । आक्रमणबाट प्राध्यापक गम्भीर घाइते भएका छन् ।

टोकियो मेट्रोपोलिटन युनिभर्सिटीका समाजशास्त्री तथा समाजशास्त्र संकायका सदस्य ६३ वर्षीय प्रोफेसर शिन्जी मियादाईलाई हाचियोजीस्थित मिनामी-ओसावा क्याम्पस हाताभित्रै चक्कु प्रहार भएको महानगरीय प्रहरी विभागले जनाएको छ।

घटनाबाट घाइते भएका प्राध्यापकको अवस्था जोखिममुक्त रहेको र आक्रमणमा संकलग्नको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया