

तीन दशमलव ५१ अङ्कले घट्यो नेप्से

काठमाडौं – पुँजीबजारको आजको कारोबारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ अङ्कमा कायम भएको हो ।
आज दुई सय ३८ वटा कम्पनीको कूल २३ लाख ५५ हजार आठ सय ४५ कित्ता शेयर खरिद-बिक्री हुँदा कारोबार रकम भने रु ८४ करोड २६ लाख ९५ हजार तीन सयमा खुम्चिएको नेप्सेले जनाएको छ । आज ६४ वटा कम्पनीको शेयर मूल्य बढ्दा एक सय २४ वटा कम्पनीको भने घटेको छ ।
लघुवित्त र व्यापार समूहको उपसूचक क्रमशः शून्य दशमलव २७ र १६ दशमलव ४२ अङ्कले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूहको उपसूचक १८ दशमलव ८५ अङ्कले घटेको छ । त्यस्तै, उत्पादन समूहको उपसूचक १८ दशमलव ३७, वित्त समूहको उपसूचक १७ दशमलव ८४, जीवन बीमा समूहको उपसूचक १७ दशमलव ५४, अन्य समूहको उपसूचक ९ दशमलव ७६ र निर्जीबन बीमा समूहको उपसूचक ७ दशमलव ५० अङ्कले घटेको छ ।
बैंकिङ समूहको उपसूचक शून्य दशमलव ३१, होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ३८, जलविद्युत् समूहको उपसूचक दुई दशमलव २९, लगानी समूहको उपसूचक शून्य दशमलव २३ र म्युचुअल फन्डको उपसूचक शून्य दशमलव १२ अङ्कले घटेको छ ।
आजको कारोबारमा ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता चार दशमलव १७ प्रतिशतका दरले कमाएका छन्भने सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी इक्विटी फन्डका लगानीकर्ताले प्रतिकित्ता पाँच दशमलव ७६ प्रतिशतका दरले गुमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रु चार करोड ७९ लाख ३४ हजार चार सय २३ बराबरको कारोबार भएको छ । कारोबार सङ्ख्याका आधारमा भने नविल बैंक लिमिटेडको शेयर चार सय ९६ पटक कारोबार भएको छ ।

