भगवती चौधरीको विजय जुलुसमा कांग्रेस कार्यकर्ताकाे ढुंगामुढा


मोरङ – सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भगवती चौधरीको विजय जुलुसमा कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारको अपराजित यात्रामा विराम लगाएकी एमालेकी चौधरीको विजय जुलुसमाथि दुहबीमा कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको हो ।

विजय जुलुसमा ढुंगामुढा प्रहार गरेपछि त्यहाँ दुवै पक्षबीच झडप भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विजयी जुलुसको क्रममा वादविवाद भएको तर सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिइसकेको बताए ।

स्थानीयवासीसँग समन्वय गरेर स्थिति नियन्त्रणमा लिनुका साथै अब पुनः कुनै अप्रिय घटना हुन नदिन जिल्ला तहको नेतासँग समन्वय गरिरहेको प्रजिअ यादवले बताए ।

प्रतिक्रिया