

ज्ञानेन्द्रबहादुरले लिए झिनो मतको अग्रता, ५७ मतले पछि परे जगदिश

विराटनगर – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतबीच कडा टक्कर देखिएको छ ।
पालैपाले अग्रता लिइरहेका दुइ उम्मेदवारबीच पछिल्लो मतपरिणाम अनुसार ५७ को मात्र फरक रहेको छ । मतगणना अीनतम चरणमा पग्दा
सत्ता गठबन्धनका साझा उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की एमालेका जगदिशप्रसाद कुसियैतभन्दा ५७ मतले मात्रै अगाडि छन्।
संचार मन्त्रीसमेत रहेका कार्कीले २७ हजार ४ सय ७४ मत प्राप्त गर्दा कुसियैतले २७ हजार ४ सय १७ मत प्राप्त गरेका छन् । यहाँ ९८ मतको अग्रता हुँदा कांग्रेस उम्मेदवार कार्कीले धाँधली भएको भन्दै मतगणना रोक्न माग गरेपछि दुई दिन मतगणना हुन सकेन।
उनले गणना सकिएको ६० हजार मत पुनः गणना गर्नुपर्ने माग गरे पनि निर्वाचन आयोगले बाँकी मत मात्रै गन्न निर्देशन दिएपछि मंगलबार बिहानबाट मतगणना अघि बढेको हो।

