

स्याङ्जा–२ को मतगणना सुरु गर्ने आयोगको निर्णय !

स्याङ्जा – गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि विवादका कारण रोकिइराखेको स्याङ्जा क्षेत्र नं. २ को मतगणना हुने भएको छ ।
१० दिन अघि मतदान भए पनि अहिलेसम्म मतगणना नभइरहेको उक्त स्थानको मतगणना कार्य सुरु गर्ने निर्णय भएको जनाइए पनि आधिकारिक निर्णय भने बाहिर नआइसकेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाए ।
उक्त निर्वाचन क्षेत्रबाट मुख्यरुपमा गठबन्धनबाट नेपाली कांग्रेसका धनराज गुरुङ र नेकपा एमालेबाट पद्मा अर्याल चुनावी मैदानमा रहेका छन् ।

