बालेनपछि ‘एक्सन’मा उत्रिइन् उपत्यका विकास प्राधिकरणकी आयुक्त जानुका


काठमाडौं – उपत्यकाका नदी किनारका संरचना हटाउनका लागि काठमाडौं उपत्यकाको विकासका लागि अधिकार सम्पन्न विकास प्राधिकरण पनि एक्सनमा उत्रिएको छ ।

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन लिएको एक्सनमा प्राधिकरणले पनि साथ दिँदै ३५ दिनभित्र अनधिकृत संरचना हटाउनका लागि प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले निर्देशन दिएकी हुन् ।

प्राधिकरणले उपत्यका भित्रका सरकारी, पर्ती, ऐलानी तथा खोला मापदण्ड बमोजिमको जग्गा खाली गर्नका लागि निर्देशन दिएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले जनाइन् । प्राधिकरणले पनि मेयर बालेनले अनधिकृत संरचना हटाउने काम सुरु गरेसँगै ३५ दिनभित्र खाली गराउनु भन्दै सुचना प्रकाशित गरेको छ ।

बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै  ३५ दिनभित्र  अनधिकृत संरचना हटाउन आह्वान गरेको छ ।  उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनिएको छ । खाली गराएको जानकारी यस प्राधिकरणलाई गराउन समेत उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘त्यसरी नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’

उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा आधारभूत मापदण्ड तय गरिएको छ ।

प्रतिक्रिया