

आज विश्वकपमा हुँदैछन् यी चार खेल

काठमाडौं- कतारमा जारी फिफा विश्वकपमा आज (बुधबार) समूह ‘सी’ र ‘डी’ का दुई–दुई खेल गरी चार खेल हुँदै छन्।
आज हुने समूह ‘डी’ का अन्तिम खेलमा अस्ट्रेलियाले डेनमार्कसँग खेल्दा ट्युनिसियाले फ्रान्ससँग खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछन् ।
अस्ट्रेलिया र डेनमार्कबीचको खेल कतारको अल जनौब रंगशालामा हुनेछ । यता फ्रान्स र ट्युनिसियाबीचको खेल एजुकेसन सिटी रंगशालामा हुनेछ ।
यस्तै, समूह ‘सी’ का अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डसँग खेल्दा साउदी अरेबियाले मेक्सिकोसँग खेल्दै छ । दुवै खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।
अर्जेन्टिना र पोल्यान्डबीचको खेल रंगशाला ९७४ मा हुनेछ भने साउदी अरेबिया र मेक्सिकोबीचको खेल लुसैल रंगशालामा हुनेछ ।

