

सुनसरी क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा एमालेकी चौधरी विजयी

इनरुवा – सुनसरीको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यतर्फको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेकपा (एमाले) तर्फको उम्मेदवार भगवती चौधरीले ४० हजार ७८८ मतसहित विजयी भएकी छन् ।
उनको निकटतम प्रतिस्पर्धी नेपाली काग्रेंसका उम्मेदवार विजयकुमार गच्छदारले ३५ हजार ६०० मत ल्याएका छन् ।
यसअघि २०७० र २०७४ सालको निर्वाचनमा नेता गच्छदार भगवती चौधरीलाई पराजित गर्दै विजयी भएकी थिए । एमाले नेत्री चौधरीले तेस्रो प्रयासमा नेता गच्छदारलाई पराजित गर्न सफल भएकी हुन् ।

