सुनसरी-४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता


काठमाडौं – सुनसरी ४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाएका छन् ।

गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएकोमा कार्कीले अग्रता बढाएका हुन् । पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् ।

एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १३६ रहेको छ ।

प्रतिक्रिया