धनुषा –४ मा अन्ततः महेन्द्रमाथि फेरि भारी परे महासेठ

कांग्रेसका महेन्द्र यादवलाई ११२ मतले हराउँदै एमालेका रघुवीर महासेठ विजयी


धनुषा – धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्।

एमाले सचिवसमेत रहेका रघुवीरले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्।

रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत मात्रै ल्याएका छन्।

११२ मतान्तरले रघुवीर विजयी भएको निर्वाचन अधिकृत सुदीप दंगालले बताए। मतगणनाका क्रममा अधिकांश समय अग्रता लिएका यादवले अन्तिम चरणको मत गणनाका क्रममा झिनो मतान्तरबाट हार ब्यहोर्न बाध्य भए ।

यसअघि २०७४ को निर्वाचनमा पनि यादव महासेठसँगै पराजित भएका थिए ।

प्रतिक्रिया