

विश्वकप २०२२ः दक्षिणकोरिया घानासँग ३-२ ले पराजित

काठमाडौं – कतारमा जारी फिफा विश्वकप २०२२ को समूह ‘एच’ को खेलमा घानाले दक्षिण कोरिया विरुद्ध घानाले जित हासिल गरेको छ ।
एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले ३-२ गोल अन्तरले जित हात पारेको हो । खेलको २४ औं मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाएका थिए ।
३४ औं मिनेटमा घानाका मोहमद कुडुसले अग्रता दोब्बर पार्यो । कोरियाका लागि चो गि सुङ्गले ५८ औं तथा ६१ औं मिनेटमा १-१ गोल फर्काए । ६८ औं मिनेटमा घानाका मोहमद कुडुसले गरेको गोल नै निर्णायक भयो ।
जितसँगै घाना ३ अंकका साथ समूह ‘एच’ को दोस्रो स्थानमा उक्लिएको छ । हारसँगै दक्षिण कोरिया १ अंकका साथ समूहको पुछारमा रहेको छ ।
घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको हो । दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको हो ।

