

विश्वकप फुटबलमा क्यामरुन र सर्वियाबीच ३-३ को बराबरी

काठमाडौं – उत्कृष्ट पुनरागमसहित सर्बियालाई ३-३ को बराबरीमा रोक्दै क्यामरुनले कतार विश्वकप २०२२ को अन्तिम १६ प्रवेश सम्भावना कायम राखेको छ ।
अल जनुब स्टेडियममा जिन चाल्र्स कास्टेलेटोको गोलमा क्यामरुनले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको दुई मिनेटअन्तरमा दुई गोल गर्दै सर्बियाले खेलमा २-१ को अग्रता लियो । स्ट्रहिन्जा पाभ्लोभिचले र मिलान्कोभिच गोल गरेका थिए।
खेलको५३ औं मिनेटमा एलेक्सजेन्डर मिट्रोचिले गोल गरेपछि सर्बिया ३-१ ले अघि बढ्यो । यसपछि ६४ औं मिनेटमा क्यारुनका भिसेन्ट अबुबकारले खेललाई ३-२ को स्थितीमा झारे । दुई मिनेटपछि नै इरिक म्याक्सिम चुपो मोन्टिङले क्यारुनलाई खेलमा ३-३ को अवस्थामा ल्याएका थिए ।
समूह ‘जी’ मा ब्राजिल र स्विट्जरल्यान्ड समान तीन अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । क्यामरुन र सर्बियाको भने समान एक अंंक छ । पहिलो खेलमा क्यामरुनले स्विट्जरल्यान्डसँग १-० तथा सर्बियाले ब्राजिलसँग २-० को हार बेहोरेका थिए । क्यामरुनले अन्तिम खेलमा ब्राजिल र सर्बियाले स्विट्जरल्यान्डको सामना गर्नेछ ।

