धनुषा-४ मा महेन्द्ररायको अग्रता कायमै, ७४५ मतान्तरले छ्याउँदै रघुवीर


धनुषा – धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनाअनुसार एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन् ।

नेपाली काग्रेसका कांग्रेसका उम्मेदवार महेन्द्र यादवसँग तीव्र प्रतिस्पर्धामा रहेका महासेठ मतान्तर घटाउँदै हाल ७४५ मतसहित पछ्याइरहेका छन् । हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गरिरहँदा महासेठ भने २७ हजार नौ सय १० मतसहित पछयाइरहेका छन् ।

अब मिथिला नगरपालिकाको वडा नम्बर ७, ८, ९, १० र ११ को मतगणना बाँकी छ ।

प्रतिक्रिया