हातमा खुकुरी लिएर नाराबाजीमा उत्रे थापाथलीका सुकुम्बासी, मागे बालेनको राजीनामा


काठमाडौं – थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को राजीनामा माग गरेका छन् ।

महानगरको टोली डोजरसहित सुकुम्बासी बस्ती हटाउन थापाथली पुगेपछि सुकुम्बासीका स्थानियल प्रतिकारमा उत्रिएका हुन् । उनहरुले खुकुरीहंसिया, लाठी लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरिरहेका छन् ।

आफूहरु लामो समयदेखी बस्दै आएको ठाउँ विना किल्प हटाउन खोजेको भन्दै महानगरको टोली र स्थानियबीच झडप भएको छ । स्थानियले महानगरको टोलीमाथी ढुङगामुडा गरेका छन् । आफुहरुले बस्दै आएको ठाउ नछाड्ने भन्दै उनीहरुले बालेन्द्रविरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।

उनीहरुले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया