कांग्रेसकी एक्ली सीता, जसले हात पारिन् प्रत्यक्षबाट शानदार जित !

कांग्रेसबाट उम्मेदवारी दिएका ५ महिलामध्ये सुजाता, चित्रलेखा, महालक्ष्मी र पुष्पाले हार ब्यहोरे


काठमाडौं – पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसले प्रतिनिधिसभाको ५३ सिटमा जित हात पारि सकेको छ । ती ५३ जनामध्ये प्रत्यक्षमा एक जना मात्र महिला विजयी भएकी छिन् । ५ जनामात्र महिला उम्मेदवर उठाएको नेपाली कांग्रेसका ४ महिलाले पराजय भोगे ।

मत परिणाम आउन बाँकी रहेको ९ स्थानमा नेपाली कांग्रेसका महिला उम्मेदवार नरहेकाले उनी नै एक्ली प्रत्यक्ष जित्ने कांग्रेस सांसद बन्ने भएकी छिन् ।

उनले नै नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुब्बालाई एक हजार ७९ मतान्तर पराजित गर्दै सीता गुरुङ निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगको मत परिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मत रहेको छ । त्यसैगरी सुब्बाले १८ हजार छ सय २३ मत ल्याएका छन् ।

तुलनात्मक रुपमा कम महिला उम्मेदवारलाई चुनावी मैदानमा उतारेको कांग्रेसका महिला उम्मेदवारहरुले अपेक्षाकृत जित हात पार्न सकेनन् । जसले गर्दा कांगेसले समानुपातिकमा महिलाहरुलाई समावेश गर्नुपर्ने देखिएको छ ।

यस निर्वाचनमा कांग्रेसका चर्चित महिला उम्मेदवारहरुले पराजय भोगे ।

सुजाता कोइराला

मोरङ क्षेत्र नं. २ बाट उम्मेदवारी दिएकी कोइराला नेकपा एमालेका ऋषिकेश पोखरेलसँग पराजित बनिन् । पोखरेलले ३३ हजार १ सय ४८ मत ल्याउँदा कोइरालाले ३१ हजार ९ सय ४० मत प्राप्त गरिन् ।

चित्रलेखा यादव

पटकपटक संसदमा पुगिसकेकी चित्रलेखा यादव यसपटक प्रतिनिधिसभामा राजकिशोर यादवबाट पराजित भइन् । चित्रलेखाले सिराहा क्षेत्र नं. २ बाट उम्मेदवारी दिएकी थिइन् । राजकिशोरले २४ हजार १  सय ७८ मत ल्याउँदा चित्रलेखाले २३ हजार २८ मत प्राप्त गरिन् ।

महालक्ष्मी उपाध्याय

महालक्ष्मी उपाध्याय अन्तिम समयसम्म अगाडि रहेकीमा उनलाई राप्रपाका दिपकबहादुर सिंहले पराजित गरे । सिंहले २७ हजार ७ सय २६ मत ल्याउँदा उपाध्यायले २५ हजार ६ सय ८३ मत ल्याइन् ।

पुष्पा भुषाल

अर्घाखाँचीबाट उम्मेदवारी दिएकी पुष्पा भुषाल नेकपा एमाले नेता टोपबहादुर रायमाझीसँग पराजित भइन् । रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुषालले ४० हजार ९ सय ४५ मत प्राप्त गरिन् ।

 

प्रतिक्रिया