

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ भारी मतान्तरले विजयी

काठमाडौं । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् ।
उनी ४७ हजार ९८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिपस्पर्धी एमालेका कैलाश ढुंगेलले ३० हजार ७२९ मत ल्याए। ढुंगेलले १६ हजार ३६९ मतान्तरले पराजित भए ।

