गृहमन्त्री खाँणलाई २६८१ मत अन्तरले हराउँदै राप्रपाका बोहोरा विजयी


भैरहवा –  रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहरा विजयी भएका छन् ।

बोहोराले गृहमन्त्री एव‌ं सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका बालकृष्ण खाँणलाइ २६८१ मत अन्तरले पराजित गरेका हुन् ।

राप्रपाका उम्मेदवार बोहराले ३६ हजार ७१७ मत प्राप्त गर्दै विजयी हुँदा खाँणले ३४ हजार ३६ मत प्राप्त गरेर पारजित भए । रुपन्देही ३ का मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका रुपन्देही ३ मा ९३ हजार ६ सय ५ सय ६७ खसेको थियो

बोहोरा नेपालको राजनीतिमा ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका छन् । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए । उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया