

कांग्रेसले ‘हान्यो अर्धशतक’ !

काठमाडाैं – प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले ५० सिट जितेको छ। पछिल्लो पटक मुगुबाट ऐनबहादुर शाहीले जित हात पारेसँगै कांग्रेसले अर्धशतक सिटमा जित हात पारेको हो ।
आउन बाँकी १८ सिटमध्ये नेपाली कांग्रेसले ५ सिटमा अग्रता लिएको छ । ती मध्ये क्षेत्रको मतगणना सुरु नै भएको छैन । स्याङजा–२, बाजुरा र दोलखामा विवाद देखिएकोले अहिलेसम्म मतगणना सुरु नै भएको छैन । अहिले १५ सिटमा मतगणना जारी रहेको अवस्था छ ।
१ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ४७ क्षेत्रका परिणाम आउँदा कांग्रेस ५० स्थानमा विजयी भएको हो। समानुपातिकतर्फ भने कांग्रेसले १७ लाख ४४ हजार ६९ मत पाएको छ। ६६ लाख ३१ हजार १ सय १७ मत गणना हुँदा कांग्रेसले २६.३० प्रतिशत मत ल्याएको हो।
कांग्रेसले ५० सिटमा जित हात पार्दा एमालेले ३८ स्थान, माओवादी केन्द्रले १६ स्थान, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ६ स्थानमा, जसपाले ५, लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३ र अन्यले ८ सिटमा जित हात पारेका छन् ।
(१) मुस्ताङ – योगेश शेरचन
(२) मनाङ – टेकबहादुर गुरुङ
(३) काठमाडौं १ – प्रकाशमान सिंह
(४) काठमाडौं ३ – सन्तोष चालिसे
(५) काठमाडौं ४ – गगनकुमार थापा
(६) काठमाडौं ५ – प्रदीप पौडेल
(७) रसुवा – मोहन आचार्य
(८) ललितपुर १ – उदय शमशेर जबरा
(९) तनहुँ २ – शंकर भण्डारी
(१०) डडेल्धुरा – शेरबहादुर देउवा
(११) काठमाडौं १० – राजेन्द्रकुमार केसी
(१२) पर्सा ४ – रमेशकुमार रिजाल
(१३) सुर्खेत २ – हृदयराम थानी
(१४) ओखलढुंगा – रामहरि खतिवडा
(१५) झापा १ – विश्वप्रकाश शर्मा
(१६) पर्सा १ – अजयकुमार चौरसिया
(१७) गोरखा १ – राजेन्द्र बजगाँई
(१८) म्याग्दी – खमबहादुर गर्बुजा
(१९) अछाम २ – पुष्पबहादुर शाह
(२०) कैलाली ४ – वीरबहादुर बलायर
(२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू
(२२) कञ्चनपुर ३ – रमेश लेखक
(२३) कञ्चनपुर २ – एनपी साउद
(२४) दैलेख २ – दिक्पालकुमार शाही
(२५) भक्तपुर २ – दुर्लभ थापा
(२६) नवलपरासी पूर्व १ – शशांक कोइराला
(२७) तनहुँ १ – रामचन्द्र पौडेल
(२८) बाँके ३ – किशोरसिंह राठोर
(२९) रौतहट ४ – देवप्रकाश तिमल्सिना
(३०) सप्तरी ३ – दिनेश कुमार यादव
(३१) धादिङ २ – राम नाथ अधिकारी
(३२) सुर्खेत १- पूर्णबहादुर खड्का
(३३) नवलपुर २- विष्णु कुमार कार्की
(३४) सिन्धुली १- श्यामकुमार घिमिरे
(३५) दाङ ३ – दीपक गिरी
(३६) बर्दिया १ – सञ्जय गौतम
(३७) नवलपरासी पश्चिम १ – विनोद चौधरी
(३८) धनुषा २ – रामकृष्ण यादव
(३९) सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत
(४०) मोरङ ६ – शेखर कोइराला
(४१) कैलाली ५ – डिल्लीराज पन्त
(४२) गुल्मी १ – चन्द्र भण्डारी
(४३) स्याङ्जा १ – राजु थापा
(४४) संखुवासभा – दीपक खड्का
(४५) कपिलवस्तु २ – सुरेन्द्र राज आचार्य
(४६) तेह्रथुम – सीता गुरूङ
(४७) मोरङ ३- सुनिल कुमार शर्मा
(४८) नुवाकोट २- अर्जुननरसिंह केसी
(४९) सप्तरी ४- तेजुलाल चौधरी
(५०) मुगु- ऐनबहादुर शाही

