

सप्तरी– ४ बाट तेजुलाल तेस्रोपटक निर्वाचित

सप्तरी। सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । यो सँगै उनी तेस्रोपटक सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।
चौधरीले २३ हजार ४९१ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उमेदवार बालकिशोर यादवले १७ हजार ८७७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचित चौधरी २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएपछि २०७४ को निर्वाचनमा दोस्रोपटक विजयी भएका थिए ।
योसँगै सप्तरीमा प्रत्यक्षतर्फको मतगणना सकिएको छ ।

