समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?


काठमाडौं – प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणनासमेत जारी छ ।

निर्वाचन आयोगको मतपरिणाम विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थानमा पुगेको छ । उक्त पार्टी समानुपातिकतर्फ पाँच लाख ५८ हजार ६१४ मत प्राप्त गरेको छ । प्रत्यक्षमा सात सिट जितिसकेको रास्वपाले समानुपातिकमा धेरै मत ल्याउने देखिएको छ ।

समानुपातिकतर्फ पहिलो दलका रूपमा एमाले देखिएको छ। एमालेले हालसम्म ११ लाख ९९ हजार ५७३ मत पाएको आयोगले जनाएको छ ।

दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले समानुपातिकतर्फ ११ लाख ३८ हजार ८२२ मत प्राप्त गरेको छ । चौथोमा रहेको माओवादी केन्द्रले ५ हजार १८ हजार ४५० मत प्राप्त गरेको छ । त्यस्तै पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ९४ हजार १९१ मत पाएको छ ।

निर्वाचन आयोगका अनुसार छैटौंमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले १ लाख ४५ हजार ८८ मत पाएको छ र सातौँ स्थानमा नेकपा एकीकृत समाजवादीले ९० हजार ८६७ मत पाएका छन् ।

प्रतिक्रिया