


काभ्रे –२ मा बाँस्कोटाको जित सुनिश्चित

काभ्रे – काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित भएको छ ।
गणना हुन अब ५००९ मत बाँकी हुँदा बाँस्कोटा ५७१८ मतान्तरसहित अगाडि रहेकाले उनको जित सुनिश्चित भएको हो ।
बेथानचोक, बनेपा पनौतफ, भुम्लु मन्डनदेउपुर, पाँचखाल, धुलिखेलका ३ वडाको मत गणना भइसक्दा बाँस्कोटाले ४३ हजार ६८१ मत पाएका छन् भने कांग्रेसका ३७ हजार ९६३ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९४७८ मतका साथ तेस्रो स्थानमा छन् भने यसु आले मगरले १४२२ मत पाएका छन् ।

