देशभरबाट थप ६ जनामा कोरोना संक्रमण


काठमाडाैं – नेपालमा थप ६ जना नयाँ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा आरटी पिसिआर परिक्षण गर्दा २ एन्टिजेन परीक्षण गर्दा ४ गरी जम्मा ६ जना नयाँ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै अवधिमा कोरोना संक्रमति भन्दा निको हुने धेरै रहेका छन् । यस अवधिमा ३० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुने दर ९८.८ प्रतिशत रहेको छ ।

त्यस्तै, मृतकको संख्या शून्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको छ । यस अवधिमा ९९० जनाले कोरोना परीक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ५९ हजार ३३० रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३४५ छ ।

प्रतिक्रिया