
रवि लामिछाने भारी मतले विजयी
चितवन – चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् ।
लामिछानेले ४५ हजार ९३४ मत प्राप्त गर्दा श्रेष्ठले १४ हजार ४०६ मत पाएका छन् । राज्यमन्त्री समेत रहेका श्रेष्ठ सत्ता गठबन्धको समर्थनसहित निर्वाचनमा होमिएका हुन् । पत्रकारिता पेशा छाडेर पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका लामिछानेले अप्रत्यासित मत पाएका हुन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ५४ मत प्राप्त गर्दै तेस्रो भएका छन् ।



कागजपत्र |
