लमजुङमा एमालेका गुरुङको अग्रता कायमै


लमजुङ – लमजुङको प्रतिनिधिसभातर्फ जारी मतगणनामा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अग्रता बढाएका छन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले केही समय मतान्तर घटाएका थिए । तर, अहिले पृथ्वीसुब्बाले पुनः मतान्तर बढाएका हुन् । अहिले देव भन्दा पृथ्वीसुब्बा १५२० मतले अगाडि छन् ।

हालसम्म ६१ हजार १०६ मत गणना भएको छ । जसमा पृथ्वीसुब्बाले २६ हजार २२८ मत पाएका छन् । माओवादी केन्द्रका देवले २४ हजार ७०८ मत पाएका छन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ६ हजार ५०८ मत ल्याएका छन् । यहाँ हालसम्म १ हजार ९४२ मत बदर भएको छ ।

प्रतिक्रिया