अछाम २ बाट प्रतिनिधिसभामा कांग्रेसका शाह विजयी


अछाम – प्रतिनिधिसभा अछाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह विजयी भएका छन् ।

२३ हजार ५४ मत प्राप्त गर्दै शाह विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार ३४ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ७ हजार २० रहेको छ ।

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनबाट चुनाव लडेका बोगटीसँग कांग्रेसका शाह २ हजार ८ सय ५९ मतले पराजित भएका थिए ।

प्रतिक्रिया