

सिन्धुपाल्चोक- २ मा मोहन बस्नेतले बढाए मतान्तर, ७५६२ मतले पछि तामाङ

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन बहादुर बस्नेतले आफ्नो अग्रता कायम राखेका छन् ।
मतगणनाको सुरुवाती चरणदेखी नै अग्रता लिएका बस्नेतले १७ हजार ८८२ मत प्राप्त गर्दै आफनो मतान्तर बढाएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले १० हजार ३२० मतसहित बस्नेतलाई पछ्याइरहेका छन् ।
पछिल्लो मतपरिनाम अनुसार बस्नेतले ७ हजार ५६२ मतले तामाङलाई पछि पारेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार माया गुरुङले एक हजार ६ मत पाएकी छन् ।
सिन्धुपाल्चोकको क्षेत्र नं १ मा माओबादी केन्द्रका उम्मेदवार माधव सापकोटाले अग्रता लिएका छन् । सापकोटाले २२ हजार १६४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सरेश नेपालले २१ हजार ३१ मत प्राप्त गरेका छन् ।

