

सिन्धुपाल्चोक- १ मा माधव सापकोटाले लिए ११३३ मतको अग्रता

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं १ माओबादी केन्द्रका उम्मेदवार माधव सापकोटाले अग्रता लिएका छन् ।
सुरुवाती अग्रता लिएका सापकोटालाई नेकपा एमालेका उम्मेदवार सरेश नेपालले पछि पारेका थिए । पछिल्लो मतपरिनाम अनुसार सपकोटाले २२ हजार १६४ मत प्राप्त गदै अग्रता लिएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपालले २१ हजार ३१ मत प्राप्त गरेका छन् । सापकोटाले नेपाललाई ११३३ मतले पछि पारेका हुन् ।
त्यस्तै यस क्षत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश श्रेष्ठले २ हजार ७११ मत पाएका छन् ।

