शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक


बलेवा – बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक पुगेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार २३ हजार दुई सय २५ मतका साथ अग्रस्थानमा छन् ।

उनीलाई नेकपा (एमाले)की मञ्जु चालिसेले १८ हजार आठ सय २१ मतका साथ पछ्याइरहेकी छन् । अब मतगणना हुन दुई वटा वडाको मात्रै बाँकी रहँदा जीत सुनिश्चित भएको माओबादी केन्द्रका जिल्ला इञ्चार्ज बलावती शर्माले दाबी गरिन् ।

‘उहाँको जीत सुनिश्चित भइसकेको छ, अब दुई वटा वडाको मत गणना गर्न बाँकी छ,’ उनले भनिन्, ‘अहिलेसम्मको मतान्तरका आधारमा हाम्रो जित सुनिश्चित भइसकेको छ ।’

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढोरपाटन नगरपालिकाको थुप्लाङ र बुर्तिबाङ मतदान केन्द्रका मतपेटिकामा भएका मत गणना गर्न बाँकी छ ।

प्रतिक्रिया