

बाग्लुङ–१ मा चित्रबहादुर केसी विजयी

बाग्लुङ – बाग्लुङ क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् ।
अन्तिम मत परिणामअनुसार केसीले २१ हजार ४५१ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका सूर्य पाठकले १८ हजार ८२५ मत पाएका छन् ।

