जेलमा रहेका रेशमले खाेलिदिए बाबुका लागि संसद्को ढोका


बर्दिया – बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार लालविर चौधरी प्रतिनिधि सभा सदस्य उम्मेदवार विजयी भएका छन्।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थलाई पराजित गर्दै चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

लालविरलाई रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले समर्थन गरेको थियो। नागरिक उन्मुक्तिबाट रेशम आफैंले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका थिए। टिकापुर हत्याकाण्डको मुद्दा खेपीरहेका छोरा रेशमको उम्मेदवारी खारेज हुने संशयका बीच लालविरले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी अहिले पनि जेलमै रहेका छन् ।

पूर्वानुमानजस्तै रेशमको उम्मेदवारी खारेज भयो।  त्यसपछि नागरिक उन्मुक्तिले लालविरलाई समर्थन गर्‍यो। उनै लालविरले २ हजार २६३ को मतान्तरसहित गठबन्धनका उम्मेदवार पन्थलाई पराजित गर्दै संघीय संसद्‌को यात्रा पक्का गरेका छन्। लालविरले २६ हजार ३६६ मत ल्याए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका पन्थले २४ हजार १०३ मत ल्याए ।

प्रतिक्रिया