प्रतिनिधिसभामा माओवादी केन्द्रको खाता खुल्यो, सिन्धुली–२ मा दाहाल विजयी


सिन्धुली – गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि भईरहेको प्रतिनिधि सभाको मतगणनामा नेकपा माओवादी केन्द्रले पहिलो जित हात पारेको छ ।

माओवानी केन्द्रका उम्मेदवार लेखनाथ दाहालले सिन्धुली क्षेत्र नम्बर २ मा २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसँग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत पाएका छन् । गठबन्धनका उम्मेदवार दाहाल यसअघि प्रदेश सभा सदस्य थिए ।

प्रतिक्रिया