

डडेलधुरामा कांग्रेसका देउवालाई फराकिलो अग्रता

धनगढी – डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै छ। २७ हजार ९ सय ६१ मत गणना हुँदा देउवाले १३ हजार ८ सय ५९ मत प्राप्त गरेका छन्।
देउवालाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्।
ढकालले ७ हजार २ सय ३७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले ४ हजार ८३ मत ल्याई तेस्रो स्थानमा छन्।

